१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

१३औँ पटक मन्त्री बनेका भण्डारीले गरे पदभार ग्रहण

१३औँ पटक मन्त्री बनेका भण्डारीले गरे पदभार ग्रहण
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै  मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघिको सरकारमा पनि विसं २०७९  चैत १२ गते श्रममन्त्री नियुक्त हुनुभएको थियो ।

विभिन्न समयमा मन्त्री बन्दै आउनुभएका उहाँ १३औँ पटक मन्त्री बन्नुभएको हो । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गर्नुभयो ।

“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “हामीले इमान्दारिता र  अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्‍यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।”

मन्त्री भण्डारीको राजनीतिक यात्रा

उहाँ महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गर्नुभएका उहाँ बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक हुनुभयो ।

भण्डारी विसं २०५१ पछि पुन: कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हँुदै उहाँको संसदीय यात्रा सुरु भएको थियो । विसं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बन्नुभएको थियो । मधेस आन्दोलनपछि उहाँ मधेसी जनाधिकार फोरममा आबद्ध हुनुभयो । त्यसपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमासमेत् रहनुभयो ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित हुनुभएको थियो । त्यसयता उहाँ पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त हुनुभएको छ ।

नेवि सङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उहाँ उहाँ २०३४ सालमा तीन महिना भारत निर्वासनमा बस्नुभएको थियो । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।

उहाँले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गर्नुभयो । सोही वर्ष उहाँ संविधानसभा निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँ २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।