१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन: अर्थमन्त्री पौडेल

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन: अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ ।  नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताउनुभएको छ ।

आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

“सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उहाँले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

“अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु”, पौडेलले भन्नुभयो, “शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना छ ।”

अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेसँगै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । मन्त्री पौडेलको उपप्रधानमन्त्रीका रुपमा तेस्रो र अर्थमन्त्रीका रुपमा चाँैथो कार्यकाल हो । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो ।

विसं २०५१ मा पहिलोपटक सांसद बन्नुभएका पौडेल विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य हुनुहुन्थ्यो । उहाँले संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति ९२०७०० काम गर्नुभएको थियो । नवनियुक्त अर्थमन्त्री पौडेलले यसअघि विसं २०५३ मा युवा खेलकुद तथा संस्कृतिमन्त्री, विसं २०६५ मा जलस्रोतमन्त्री र विसं २०६७ मा रक्षामन्त्रीका रुपमा काम गरिसक्नुभएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले २०३५ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताउनुभएको थियो । उहाँले २०३७ सालमा तीन वर्ष जेल र तीन हजार जरिवाना सजाय गरिएकोमा ४५ दिनमा जेल विद्रोह गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ अहिले एमालेको उपाध्यक्षको जिम्मेवारी हुनुहुन्छ ।

अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी ९माले० को सदस्य भएर विसं २०३५ असोजमा राजनीतिमा प्रवेश गर्नुभएका मन्त्री पौडेल विसं २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गर्नुभएको थियो । विसं २०४१ मा नेकपा ९माले० को जिल्ला कमिटी सचिव, विसं २०४७ नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य र विसं २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गरिसक्नुभएको छ ।

विसं २०६५ मा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा एमालेको महासचिवको जिम्मेवारी लिएर उहाँले काम गर्नुभएको थियो । विसं २०१६ मङ्सिर १६ गते स्याङ्जामा जन्मिनुभएका नवनियुक्त अर्थमन्त्री पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपालिका–८, रुपन्देही रहेको छ । हाल उहाँ ललितपुरमा बस्दै आउनुभएको छ ।