६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका फाइनल: पहिलो हाफ बराबरी



Argentina’s Lionel Messi controls the ball during the Copa America final soccer match against Colombia in Miami Gardens, Fla., Sunday, July 14, 2024. (AP Photo/Rebecca Blackwell)
अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको फाइनल खेल जारी छ ।

मायमीमा भइरहेको फाइनल खेलमा उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो हाफ सकिँदा दुबै टोलिले कुनै गोल गर्न सकेका छैनन् ।

खेलको पहिलो मिनेटमा नै अर्जेन्टिनाले गोल गर्ने मुभ बनायो । तर युलिएन अल्भारेजले बललाई सहि दिशा दिन सकेनन् ।

खेलको ५ औं मिनेटमा कोलम्बियाका लुइज डियाजले प्रहार गरेको बललाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले सजिलै बचाउ गरे ।

१३ औं मिनेटमा कोलम्बियाका कप्तान हामेस रोड्रिग्वेजले कर्नरबाट प्रहार गरेको बललाई कोलम्बियाका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए, तर गोलकिपर मार्टिनेजले सजिलै नियन्त्रणमा लिए ।

२० औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रहार गरेको बल आफ्नै टोलिका अन्भारेजलाई लागेर बाहिर गयो ।

४४ औं मिनेटमा लियोनल मेसीले फ्रीकिकबाट प्रहार गरेको बललाई टालियोफिगोले हेडरमार्फत गोल गर्ने प्रयास गरेपनि उनको प्रहार पोस्टमाथीबाट बाहिरीयो ।