२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई ४ वर्षसम्म कैद



अ+ अ-

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिएको आरोप लागेका ८ जना दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले आरोप लागेका ८ जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेका हुन् ।

इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरेको छ । बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद  र मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद सुनाइएको छ ।  चारै जनालाई जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ । रामप्रसाद अधिकारी, इश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनही ३ करोड ८० लाख रूपैयाँ जरिवाना सुनाइएको छ ।

अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।

अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट बनाएर काठमाडौं न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।