२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पदबाट राजीनामा दिए



अ+ अ-

एजेन्सी । रिकी पोन्टिङ अर्को सिजन दिल्ली क्यापिटल्सको प्रशिक्षक हुने छैनन् ।

उनी दिल्ली क्यापिटल्सबाट अलग भएका छन् । फ्रेन्चाइजले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् ।

अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ विगत ७ वर्षदेखि दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक थिए । उनको कार्यकालमा दिल्ली क्यापिटल्स कहिल्यै च्याम्पियन बन्न सकेको छैन ।

पोन्टिङको बाहिरिएपछि आगामी सिजनमा वर्तमान टिम निर्देशक सौरभ गांगुलीलाई पनि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइने अपेक्षा गरिएको छ ।

दिल्ली क्यापिटल्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘तपाईंले सात वर्षमा टोलीलाई धेरै कुरा सिकाउनुभयो । तपाईंको योगदान शब्दमा व्यक्त गर्न सम्भव छैन ।’

अस्ट्रेलियाको विश्वकप विजेता टोलीको दुई पटक कप्तान रहेका रिकी पोन्टिङ २०१९ मा टोलीको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा टोली २०२१ मा पहिलो पटक फाइनलमा पुग्न सफल भयो ।

२०१९ र २०२० मा प्लेअफका लागि छनोट भयो । टोलीको प्रदर्शन २०२१ पछि खस्कियो । टोली प्लेअफमा पुग्न सकेन । जहाँ आईपीएल २०२४ मा दिल्ली क्यापिटल्स छैटौं स्थानमा रह्यो ।

टोलीका सहायक प्रशिक्षक प्रवीण अमरेले निरन्तरता पाउनेछन् । सौरभ गांगुलीलाई मुख्य प्रशिक्षकको अतिरिक्त जिम्मेवारी दिइने अपेक्षा गरिएको छ ।




भर्खरै