५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो, पूर्वअमेरिकी राष्ट्रपति घाइते



अ+ अ-

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पेन्सिल्भेनिया र्‍यालीमा गोली चलेको छ । उनी पेन्सिलभेनियाको बटलरमा स्टेजमा बोल्दै थिए, जब ठूलो आवाज सुनियो ।

विस्फोटको आवाजले ट्रम्प स्टेजमा ढलेका थिए । गोप्य सेवा एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।

एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट हटाए, कारमा राखेर त्यहाँबाट लगे ।

एसोसिएटेड प्रेसले बटलर काउन्टी जिल्ला न्यायधिवक्ता रिचर्ड ए गोल्डिङगरलाई उद्धृत गर्दै ट्रम्पको र्‍यालीमा गोली चलाउने अभियुक्त मारिएको पुष्टि गरेको छ । योसँगै र्‍यालीमा सहभागी एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

अमेरिकी गुप्तचर सेवाले पेन्सिलभेनियामा चुनावी र्‍यालीमा भएको दुर्घटनापछि डोनाल्ड ट्रम्प सुरक्षित रहेको र उनको वरिपरि सुरक्षा व्यवस्था गरिएको जनाएको छ ।