काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको पुष्टि भएको छ। संघीय संसद सचिवालयले एक विज्ञाप्ती जारि गर्दै पुस ५ गते साढे ३ मा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको हो ।
संसदका प्रवक्ता रोजनाथ पाण्डले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको वारेमा स्पष्ट पार्दै
‘संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वासको प्रस्तावको दर्ता समयलाई सलएर विभिन्न सञ्चार माध्यममा आएको समाचारको सबन्धमा सचिवालयको ध्यानाकर्षण भएको’ उल्लेख गर्दै ३:३० मा दर्ता भएको जानकारी दिएको छ।
‘अविश्वासको प्रस्ताव प्रतिनिधिसभाका सम्मानीय सभामुखज्यूसमक्ष पेस गरी कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता हुने प्रचलन रहेको र २०७७ पुस ५ गतेका दिन पनि सम्मानीय सभामुखज्यूलाई सम्वोधन गरी बिधिवत रूपमा पेस भई सम्मानीय सभामुखज्यूको तोक आदेश भए पछि सोही दिन अपरान्ह ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ’ प्रवक्ताले पाण्डेल प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।
हेर्नुहोस् विज्ञप्ति












