२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुन:गठनबारे प्रधानमन्त्रीको छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुन:गठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ ।

बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो । बैठकपछि जानकारी गराउँदै प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताउनु भयो ।

उहाँले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भएपनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समँजवादी पार्टी मिसिएको बताउनु भयो । उहाँले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्नुभएको र नेताहरुले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताउनु भयो । उहाँले नेताहरुले आफ्नो ठाउँबाट अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरुको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल भयो । समाजवादी मोर्चाको बीचमा छलफल हुन सकेको थिएन । समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी थियो । यो बीचमा जसमा विभाजन भयो । विभाजनपछि बैठक बसेको थिएन । त्यसले गर्दा समाजवादी मोर्चाको पुन:गठनको प्रारम्भिक छलफल भयो । त्यसमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव पनि सहभागी हुनुभयो । पहिला भएका घटकसँग पनि छलफल भइरहेको छ । समाजवादी मोर्चाको पुन:गठनको प्रारम्भिक छलफल हो । सम्माननीय प्रधानमन्त्रीज्युले पछिल्लो राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्नुभयो । अहिलेको परिस्थितिको बारेमा पहिला ब्रिफिङ गर्नुभयो, त्यसपछि अरु दलका नेताले पनि धारणा राख्नुभयो । नेताहरुले आफ्नो ठाउँमा एक्सरसाइज गरेर अर्को मिटिङसम्म घटक सदस्यहरु पनि टुंग्याएर फेरि बस्नेछौँ ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी हुनुहुन्थ्यो । —न्युज एजेन्सी नेपाल

तस्बिर प्रदीपराज वन्त / रासस