२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीको प्रयोग गरी ६ तोला सुनको सिक्री सहित अन्य वस्तु डकैती गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । युवतीको प्रयोग गरि विभिन्न मानिसहरुलाई लुटपाट गरेको अभियोगमा दोलखा जिल्ला शैलुङ गा.पा. वडा नं ३ घर भई का.जि. स्युचाटार बस्ने लालबहादुर श्रेष्ठलाई पुस ८ गतेको दिन प्रशरीले पक्राउ गरेको छ । 

६ तोला सुनको सिक्री १ थान, मोबाईल २ थान, रेबन चस्मा १ थान र नगद  रु. ७,००० समेत गरि अन्दाजी रु ६ लाख ३५ हजार बराबरको धनमाल लुटी फरार रहेकोमा प्रहरीले निरन्तर अनुसन्धानबाट सो घटनामा संलग्न मध्ये निम्न घर ठेगाना भएका सागर भन्ने लालबहादुर श्रेष्ठलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको जनाएको छ । 

यही मिति २०७७ साउन ८ गते सिन्धुली  जिल्ला कमलामाई न.पा. वडा नं २ बस्ने भोला बहादुर जर्घामगरलाई का.जि.रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकोमा निजलाई लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभारसम्म पुर्याउन अनुरोध गर्दा स्वीकार गरी चोभारमा पुर्याउँदा त्यहाँ पहिले देखि नै बसेका अपरिचित व्यक्तीहरुले रडको प्रयोग गरी नियन्त्रणमा लिएर लुटपाट गरेको जनाएको छ ।  सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।