७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

बल्खुमा मदनको शालिकअघि उभिएर तीन नेताले के भने ?(भिडियो सहित)

बल्खुमा मदनको शालिकअघि उभिएर तीन नेताले के भने ?(भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेकपा (दाहाल नेपाल समूह) का तीन जना नेता आज पूर्व नेकपा एमालेको पार्टी अफिस मदन नगर पुगेका थिए । पार्टी लगभग औपचारिक रुपमै विभाजनको भोलिपल्ट आज उनीहरु सो पार्टी कार्यालय पुगेका थिए । त्यस क्रममा उनीहरुले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए । ती तीन नेता थिए- पुष्पकमल दाहाल 'प्रचण्ड', माधव नेपाल र झलनाथ खनाल । 

नेताहरुको मुहार चमक त थिएन तर मदन भण्डारीले देखाएको बाटोमा आफूहरु सदैव हिँड्ने भने प्रण गरेका थिए । साथै उनीहरुले विसं २०७२ मा गएको भूकम्पबाट भत्किएको पार्टी कार्यालय भवन निर्माणका लागि पहल गर्ने बताएका थिए ।   
  
यसैक्रममा मदन भण्डारीको शालिकको अघि उभिएका उनीहरुसँग मिडियाले प्रश्न गरेका थिए र प्रश्न केन्द्रित थिए संसद विघटन । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसदको विघटन गरेपछि उत्पन्न भएको परिस्थितिमा नै केन्द्रित थियो । 

यसो हेर्दा उनीहरु त्यहाँ 'सेन्टिमेट क्याच' गर्नका लािग पुगेको जस्तो देखिए पनि जनताको बुहदलीय जनवादप्रति उनीहरुको प्रतिबद्धता भने देखिन्थ्यो । यद्यपि, यीमध्ये कतिले जबज छोडेका हुन् भन्ने विषय यहाँ अहिलेको प्रसंग होइन । नेकपाको एकता गर्दा नै यो जबज छोडिएको भनिएकै हो । यसरी हेर्दा लाग्दथ्यो पार्टी एकताका बेला बिर्सिएका मदनलाई अहिले पार्टी फुटिसकेपछि सम्झिन खोजको देखिन्छ ।

यत्तिकैमा प्रेसबाट प्रश्न आयो प्रचण्डलाई- ओलीले संसद विघटन भयो तपाईको प्रतिक्रिया के छ ? उनको जवाफ आयो- ओलीबाट यस्तो निक्रिष्ट र गैरलोकतान्त्रिक चरित्र देखिएको छ, जुन सर्वथा अस्वाभाविक छ ।
 
अर्को प्रश्नमा हिजोमात्र सो समूहका अध्यक्ष प्रस्ताव गरिएका माधव नेपालको जवाफ थियो- ओलीबाट यति तल्लो स्तरको र निम्न कोटीको काम हामीले कहिल्यै कल्पना गरेनौँ ।
 
आफूमाथिको अर्को प्रश्नको जवाफमा अर्का वरिष्ठ नेता झलनाथ खनालले भने- ओली अझै कम्युनिष्ट बनेका रहेनछन् ।