१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्रोह नगरेको भए दास भएर बस्नुपर्दथ्यो ,समर्पण गरेर बस्नुपर्दथ्यो: माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । अध्यक्ष नेपालले एमालेसँगको बिद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा पार्टीका नेता, कार्यकर्ताहरुले सुन्न आवश्यक नरहेको जिकिर पनि गर्नुभयो । एमालेसँग विद्रोह नगरेको भए दासको रुपमा बस्नुपर्ने अवस्था आउने थियो भन्दै अध्यक्ष नेपालले त्यसबाट आफूहरुले कम्युनिष्ट आन्दोलनको र आफूहरुको भविष्य सुनिश्चित गराएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा कुरा म सुन्ने गर्दछु–यो तीन वटा शब्द तपाईहरु कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाईयात कुरा सन्दै नसुन्नुस । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भईराखेको छ । दिनदिनै भईराखेको छ । विद्रोह गर्नु जायज थियो । बिद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भईसकेको हुने थियो । हामीले देखेका छौँ कतिपय नेताहरुको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतिको सामना गरेर अघि बढने आँट गर्‍यौँ ।’

अध्यक्ष नेपालले एमाले भित्र अहिले पनि केही नेताहरु बिजोक अवस्था रहेको जिकिर गर्दै विद्रोह गरेर आफूहरुले देश र जनताको पक्षमा उभिने कम्युनिष्ट पार्टी बनाएको दाबी गर्नुभयो ।