जापान । एक कम्पनीका प्रतिनिधिसंग अनाधिकृत रुपमा रकम लिएको आरोप लागेका जापानका पूर्व कृषि, वन तथा मत्स्यपालन मन्त्री ताखासीमोरी योशिकावासंग सम्बन्धित कार्यालयहरुमा अधिकारीहरुले खान तलासी गरेका छन् ।
हिरोसिमाको फुकुयामा भन्ने ठाउमा मुख्यालय रहेको एक अण्डा उत्पादक कम्पनीका प्रतिनिधिसंग ५० लाख रुपया लिएको आसंकामा उनीमाथि छानबिन भैरहेको छ । छानबिनकै क्रममा शुक्रबार बिहान टोकियोको चियोदा कु स्थित प्रतिनिधिसभाको हलमा रहेको उनको कार्यालय र साप्पोरोमा रहेको स्थानिय कार्यालयमा खानतलासी गरिएको हो ।
२०१८ को अक्टुबर देखि गत वर्षको सेप्टेम्बेर कृषि मन्त्रि थिए । अंकिता फुड्स नामक उक्त कम्पनीले पशुपालन सम्बन्धि अन्तराष्ट्रिय मापदण्ड (पशु कल्याण) र उत्पादकहरुलाई अनुदान परियोजनाका बिषयमा निबेदन दिएपछि पूर्वमन्त्रि योशिकावाले उक्त कम्पनीका प्रतिनिधि संग नियमित भेट्ने गरेको जापानको सरकारी संचार सस्था एनएचके अधिकारीहरुलाई उदृत गर्दै समाचार छापेको छ ।
मुटु सम्बन्धि रोगबाट ग्रसित उनले अप्रेशन पश्चात अब काम गर्न नसक्ने भन्दै ३ दिन अघि मात्रै संसद पदबाट राजीनामा दिएका थिए । योशिकावाआर्थिक बिबादमा पर्ने आबे सरकारका तेस्रो मंत्री भएका छन् । आर्थिक अपचलनको बिबाद आएपछि यसै वर्ष आबे सरकारका २ मन्त्रीले राजिनामा दिएका थिए ।











