९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना
अ अ+ अ-

काठमाडौ । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगीता गर्ने भएको छ । सो दिवसका  अवसरमा सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा  सूचना निर्देशनालयले जानकारी दिएको छ ।

 प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवद्र्धन र पृथ्वीनारायण शाह’सम्बन्धी भावमा कविता लेख्न सक्नुहुनेछ । त्यस्ता कविता यही पुस २० गतेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा पबदष्तबउचब२लभउबबिचmथ।mष्।िलउ इमेलमा पठाउन सकिनेछ । 

 प्रतियोगितामा छानिएका २५ वटा कविता पुस्तकका रुपमा प्रकाशित गरी जङ्गीअड्डा परिसरमा स्थापना हुने ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ मा राखिनेछ । प्रतियोगिताका उत्कृष्ट १० कविलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिइएको छ । 

 नेपालको संविधानबमोजित राष्ट्रिय एकताको रक्षा गर्न तथा सरकारको वार्षिक नीति तथा कार्यक्रममा समाविष्ट ‘एकीकरण मार्ग कार्यक्रम’ कार्यान्वयन गर्ने क्रममा सेनाले विगत वर्षमा पनि एकता दिवसका विविध  गर्दै आएको थियो । 

 एकीकरण पदयात्रा गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमानढोका आइपुग्नेछ । पृथ्वी जयन्तीका दिन सैनिक मुख्यालय जङ्गीअड्डामा हुने कार्यक्रममा उक्त पदयात्रा टोलीले भाग लिनेछ । यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सहभागी हुनेछन् ।

पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले खडा गरेका नेपाली सेनाका पाँचवटा कम्पनीको निशान, नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति समेटिनेछ ।