९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रपतिसँग महासङ्घ पदाधिकारीबाट भेट

राष्ट्रपतिसँग महासङ्घ पदाधिकारीबाट भेट
अ अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटका अवसरमा राष्ट्रपतिले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिनुुहुँदै सफल कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको महासङ्घले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

राष्ट्रपतिले महासङ्घको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिनुभयो । “हामीसँग पर्याप्त सम्भावना भएर पनि हामी पछि परेका छौँ, प्राकृतिक स्रोत साधनमा हामी धनी छौँ, बजारका लागि कुनै समस्या छैन, तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरूकै भर पर्नुपर्ने परिस्थिति रहेको छ’’, राष्ट्रपतिले भन्नुभयो, “रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस् ।”

चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको महासङ्घले प्रेस नोटमा जनाएको छ । “हर कुरामा हामी बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफैँ उत्पादन गर्न सक्छौँ त्यसमा सिङ्गो मुलुक नै गम्भीर हुन जरुरी छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । स्वदेशी लगानी आकर्षण गर्नेतर्फ राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने बताउँदै त्यसो भएमात्र बाह्य लगानीसमेत आकर्षित हुने हुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिनुभएको थियो ।  

अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपतिसमक्ष महासङ्घको नयाँ नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि विशेष लक्ष्यसहितको ‘भिजन पेपर’को तयारीमा लागेको जानकारी गराएको थियो । अध्यक्ष गोल्छाले लाखाँै युवा बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासङ्घको भिजन पेपरले वार्षिक चार लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।

उहाँले साना तथा मझौला उद्यमलाई कोभिड–१९ को प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि पुनरोत्थान विशेष कार्यक्रमको खाँचो औँल्याउनुभयो । साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वतः चल्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताउनुभयो । उहाँले  कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा जोड दिनुभयो । 

भेटमा महासङ्घका पदाधिकारीले अहिलेको सङ्कटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जालगायत क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्नेमा जोड दिनुभयो । मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सिर्जनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोचअनुरुप विकासका कार्यक्रम अगाडि बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्वलगायत विषयमा जोड दिनुभयो ।