७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

तरल नेपाली राजनीतिमा विदेशी चलखेल

तरल नेपाली राजनीतिमा विदेशी चलखेल
अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेकपाभित्रको आन्तरिक कलहलाई आफ्नो पक्षमा प्रयोग गर्न असफल भएबाट सिर्जित समस्याका कारण अहिले पुरै नेपाल तरंगित हुन पुगेको छ । तरंगका लहरहरु राजनैतिक समस्याका रुपमा असंवैधानिक तवरले मुलुकलाई अस्तव्यस्त बनाई अस्थिरतातर्फ डोर्याउने कार्य प्रत्यक्षरुपमा प्रधानमन्त्रीबाट भएको सबैले महसुस गरेका छन् । तर यसलाई यतिमा मात्र सीमित राख्दा अध्ययनको दायरा पुर्ण पक्कै पनि हुने छैन ।

तसर्थ राजनैतिक दलले सरकार चलाउने हो वा सरकारले चाहे जसरी दलहरु चल्नु पर्ने हो त्यो विवादको विषय रहिआएको छ । यसमा मुख्यगरी दलहरुका विधान विशेष आफैंमा प्रजातान्त्रिक छन् कि छैनन् र यसको व्याख्या र कार्यान्वयन कस्तो प्रकारले हुँदै आएको छ ? सो को अध्ययनका साथै यसमा नेता विशेषका कृयाकलाप र स्वार्थ बारे सम्पूर्ण नेपाली नागरिक जानकार हुनु र समय सापेक्ष खबरदारी गरिरहनु अति आवश्यक छ, अन्यथा नागरिक विशेषका अधिकार त कुंठित हुन्छन् नै, मुलुक समेत अप्ठेरो स्थितिमा पर्न सक्ने देखिन्छ ।

संचार जगतमा भएको विकास र साधन स्राेतको भव्य परिचालन हुन सक्ने हालको विश्व परिवेशमा विदेशी शक्ति राष्ट्रहरुको असीमित स्वार्थका कारण अन्तरराष्ट्रिय जगत समेत तरल अवस्थामा रहेको छ ।  राष्ट्रिय स्वार्थलाई खासै महत्व नदिने तर व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि  हदैसम्मको लचकता अपनाउन सक्ने अति महत्वाकांक्षी नेताहरुका कारण अन्तरराष्ट्रिय जगतको चलखेल नेपाली राजनीतिमा बढ्दै गएको छ । हुनत विगतमा पनि यो परिपाटी नरहेको भने होइन । तापनि अहिले नांगोरुपमा देखिन थालेको छ । यसरी हाकाहाकी, देखादेखि मुलुकको स्वाभिमानलाई बेचेर खान खोज्ने गद्दार नेताहरु र यसका पछि लाग्ने राजनैतिक कार्यकर्ताहरुका कारण यो मुलुकको अस्तित्व धरापमा पर्न सक्ने खतरा बढेको छ । 

हालको संवैधानिक संकट गहिरिएको अवस्थामा विदेशी शक्ति राष्ट्रहरुबाट राजनैतिक तथा कुटनैतिक तहमा नेपालको भ्रमण हुनु वा गराउनु आफैंमा कति जायज छ र उनीहरुलाई कुटनैतिक आचारसंहिताको बर्खिलाप विभिन्न दलका नेता र मन्त्रीहरुले भेट्नु मुलुकलाई कमजोर बनाउनु बाहेक यसबाट अरु कुनै उपलब्धि देखिँदैन । 

आफ्नो निहित स्वार्थका लागि छिमेकी राष्ट्रहरूको मोहरा बन्ने नेताहरुको प्रवृत्तिका कारण नेपालको परराष्ट्र नीति आफैंमा कमजोर बन्न पुगेकोछ । कसले, कति बेला, काहाँ र के प्रयोजनका लागि नेताहरुलाई भेट्ने अहम् सवालमा हामी चुक्न पुग्दा यसको प्रत्यक्ष असर हाम्रो  negotiating capacity मा पर्ने भएकोले सस्तो लोकप्रियताको लागि जसलाई पायो त्यसलाई विशेषगरि छिमेक स्तरमा भेट्नु हुँदैन भन्ने कुराको हेक्का हाम्रा नेताहरुमा कहिल्यै भएन । हुँदाहुँदा अपराधी प्रवृत्तिका विदेशी तथा स्वदेशीलाई नेताहरुले भेट्ने गरेको उदाहरण समेत जीवित नै छ । 
अहिले मुलुक जुन तरल अवस्थामा पुगेको छ त्यो केवल नेताहरुको अदुरदर्शी, अपरिपक्व र गैरजिम्मेवार प्रवृत्तिको कारण सृजना भएको हो । मुलुक जुन किसिमले भ्रष्टाचारमा लिप्त भयो त्यसको कारण सरकार जनताबाट टाढा हुँदै गयो र जनविश्वास गुम्दै गयो । यसको फलस्वरुप नेताहरुमा पनि तिब्र ध्रुवीकरण हुन थाल्यो जसको फाइदा विदेशी शक्ति राष्ट्रहरुले लिनको लागि व्यक्ति विशेषको महत्वाकांक्षा बढाउने र उचाल्ने कार्यहरु गर्न थाले जसको फलस्वरुप वर्तमान राजनैतिक परिस्थिति सृजना भएको हो ।

यदि हामी यसैगरि विदेशी शक्ति राष्ट्रहरुको मोहरा भइरहने हो भने नेपाल कहिल्यै पनि स्थिर तथा विकास हुन सक्दैन । तसर्थ अहिलेको परिस्थिति तरल मात्र होइन बहुतै खतरनाक पनि छ । जुन प्रकारले संघीय सरकारको असर प्रदेश सरकार र सदनहरूमा पर्दै गएको छ त्यसले संघीय गणतन्त्र र वर्तमान व्यवस्थालाई नै चुनौती दिइरहेको छ । वास्तवमा चीन र भारत दुवैको आआफ्नै स्वार्थ छन् र दुवै नेपालमा आफ्नो प्रभाव बढाउन चाहन्छन् । कतिपय अवस्थामा यी दुईको स्वार्थ मिल्ने पनि गरेका दृष्टान्तहरु छन् जसको कारण नेपालले बहुतै सोचविचारमा साथ आफ्नो नीति तथा रणनीति तय गर्नु अपरिहार्य छ । अहिलेको यस तरल राजनैतिक अवस्थालाई हामी सबै नेपालीले सुझबुझका साथ सामना गरौं, यहि समयको माग हो । 

लेखक सुरक्षा तथा रणनीतिका जानकार हुन् ।