पछिल्लो २४ घण्टामा ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै आजसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज सोमवार मात्रै नेपालमा थप ६ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । त्यस्तै हाल देशभर हाल सक्रिय संक्रमित ६ हजार ४२७ जना मात्रै रहेका छन् ।








