२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने
अ अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैकले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन लागेको हो । 

अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधाका लागि राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय विभागले प्रस्ताव तयार पारेर राय तथा सुझावका लागि आह्वान पनि गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् । विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपियाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ ।

कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधिक गरी प्यान नं लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूले कार्ड जारी गर्दाको दिनको विनिमय दरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर पाँच सयसम्मको कार्ड जारी गर्न सक्छन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिद गर्दा लाग्ने कर अग्रिम रूपमा कट्टा गर्नुपर्ने व्यवस्था छ ।

प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकपटक वा पटकपटक गरेर बढीमा अमेरिकी डलर पाँच सय बराबरको विदेशी मुद्रा उपभोग गर्न पाउनेछन् । प्रयोगकर्ताले नेपालको कानुनले प्रतिबन्ध नलगाएका विदेशी सेवा नेपालमा बसी अनलाइनमार्फत खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकले प्रस्तावित व्यवस्थाका सम्बन्धमा सबै सरोकारवाला व्यक्ति तथा निकायसँग आवश्यक राय, सुझाव, पृष्ठपोषण र प्रतिक्रिया पुस मसान्तसम्म दिन आग्रह गरेको छ । गोरखापत्र दैनिकबाट ।