काठमाडौ । नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभाको पुनःस्थापना हुने भन्दै यसका लागि सडक तताउनु आह्वान गर्नु भएको छ ।
केपी बा संस्कृतिलाई आन्दोलनले बगाएर लैजाने भन्दै नेता नेपालले ओली कम्युनिष्टका नाममा कलंक भएको टिप्पणी गर्नुभयो ।
उहाँले ओलीमा गुटवादी सोच र बदलाको भाग रहेको भन्दै राष्ट्रियताको विषयलाई आफ्नो कमजोरी ढाक्ने अस्त्रको रुपमा रहेको जनाउनुभयो ।








