४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ

स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ
अ+ अ-

काठमाडौं । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिले विवाद बढ्दै गएको छ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरुले व्यक्त गरेको विचारप्रति तीव्र आलोचना भइरहेको छ ।

अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको हो ।

यसैबीच, नेपाल चलचित्र कलाकार संघले पनि उनीहरुले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । बुधबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष मोहन निरौलाले कार्यक्रम प्रस्तोता र सहभागी कलाकारको गैर जिम्मेवारीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ती प्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ’ अध्यक्ष निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुदैन पनि । नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । भर्खरै मात्र जेष्ठ २९ गते कलाकार र आम संचार विषयक विचार गोष्ठी संचालन गरेको हामी स्मरण गराउन चाहन्छौं’।

विज्ञप्तीमा थप भनिएको छ ‘यस भन्दा अधि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ती दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकार लाई सचेत गराउदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ती नगर्न हुन हामी यही विज्ञप्ती मार्फत अनुरोध गर्दछौ ।’