१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामथ्र्य देखाउनुपर्छ: प्रमुख सचेतक बर्तौला



file photo
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभएको भएको छ ।

मङ्गलवार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताउनुभएको हो । उहाँले बजेटलाई शत प्रतिशत कार्यान्वनय गर्न सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्ने बताउनु भयो । उहाँले आएका सुझावहलाई अब आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसपटक जुन बजेट पारित भएको छ, यसलाई सतप्रतिशत कार्यान्वयन गर्नका लागि यो सरकार लाग्छ । हामी लाग्छौँ । अबको चुनौती भनेको बजेट कार्यान्वयनको हो । बजेट शतप्रतिशत कार्यान्वयन गर्ने तहमा सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्छ । अहिले आएका सुझावहरुलाई अब ०८२/०८३ को बजेट निर्माणको बेलामा यसलाई समेटेर अगाडी बढ्छौँ ।’

बजेट छलफलका क्रममा जेजस्ता कुराहरु उठेका भएपनि अब बजेट कार्यान्वयनमा सबै केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।