२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।

सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन् ।

चालु आर्थिक वर्ष २०८०र०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि ११ वटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोडको बजेट छुट्याइएको उपप्रमुख डंगोलले बताईन् । यस्तै, ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ भने सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ । महानगरले सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने प्रक्षेपण गरिएको छ ।