१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर
अ अ+ अ-

भेरीगङ्गा । पार्वती गौतम शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दु:ख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।

आमा मनमाया र बुबा देवनारायणको कोखबाट विसं २०३८ साल भदौ १ गते काभ्रेपलाञ्चोकमा जन्मिनुभएका उहाँ जन्मजात  अपाङ्गता हुनुहुन्थ्यो । उहाँको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि दु:खमा हुर्किनुभएका पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाउनुभयो । शारीरिक अपाङ्गता भएकै कारण उहाँले पढ्न पाउनुभएन । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । त्यतिबेला अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन । “सानोमा धेरै दु:ख पाइयो”, उहाँ भन्नुहुन्छ, “मेरो पढाइप्रति कसैले चासो दिन्थेनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ ।”

गौतमको परिवार बसाइँ सरेर विसं २०५२ सालमा काठमाडौँ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एकजनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उहाँले सिलाइको काम सिक्नुभयो । विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी  सीपले जिविका चलाउने सोच बनाउनुभएको थियो । सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उहाँको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुपर्‍यो,” उहाँले विगत सुनाउनुभयो ।

जब सुर्खेतका योगेन्द्र पुरीसँग उहाँले विवाह गर्नुभयो । त्यसपछि एकाएक उहाँको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किनुभएका पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहनुभएका पार्वतीले श्रीमान्को सहयोग पाउनुभयो । पार्वती र उहाँका श्रीमान सुर्खेत आउनुभयो । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उहाँहरुमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उहाँहरुसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उहाँहरुले जीवनदेखि हार खानु भएन । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाउनुभयो अनि केही सङ्घसंस्थाहरुको सहयोगमा उद्यमशीलतासम्बन्धी सीप सिक्नुभयो ।

उहाँले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिक्नुभयो । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाउनुभयो । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । “सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उहाँले भन्नुभयो ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उहाँलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गर्नुभयो । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुखमा अभाव भोग्नुभएका उहाँहरुको जीवनमा नयाँ खुसी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उहाँहरुले वीरेन्द्रनगरमा घर बनाउनुभयो । अहिले उहाँ मासिक रु ५० हजारभन्दा धेरै कमाउनुहुन्छ । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन ।

उहाँले भन्नुभयो, “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उहाँ अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहनुभएको छ । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहनुभएको छ । त्यसका लागि उद्योग दर्ता गरिसक्नुभएको छ ।

“सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन्,” उहाँले भन्नुभयो, “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।” रासस