१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले अस्थिरताको चुनौति कायम रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्यानभएर जादु रहेको बताउनुभएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभएको टिप्पणी गर्नुभयो । उहाँले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताउनु भयो । उहाँले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताउनु भयो । उहाँले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय चुनौतिहरु अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौति छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यि सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्नेकुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभइएको छ । त्यस्तो विडम्वनामा हामीले बाच्नु परिरहेको छ ।’

उहाँले लोकतन्त्र भनेको विचारको बजार भएको बताउनु भयो ।