२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा कुर्सी हानाहान



अ+ अ-

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए ।उनीहरुले सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।

माओवादी केन्द्रबाट मेयर बनेका पौडेल र पार्टीका प्रतिनिधिबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो ।

सोमबार मेयर पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गरेका हुन् । तोडफोड र विरोधमा वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।

वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ । नगर सभामा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।