१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेहुलाको घर पुगेपछि भावुक भइन् सोनाक्षी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालले आइतबार विवाह गरेका छन् । दम्पतीले दिउँसो दर्ता विवाह गरेका थिए र मुम्बईको दादरमा शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टनमा राति अबेर राती रिसेप्शन पार्टी आयोजना गरेका थिए ।

यो पार्टीका धेरै भित्री भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । यहाँ जोडीले केक काटेर उत्सव मनाएका छन् । दुबैले ‘दबंग’ को गीत ‘तेरे मस्त मस्त दो नैन..’ मा रोमान्टिक डान्स पनि गरेका थिए ।

आफ्नी मिल्ने साथी सोनाक्षीको रिसेप्शन पार्टीमा आएका र्यापर हनी सिंहले पनि उत्तिकै प्रदर्शन गरेका थिए । डीजे पार्टीको क्रममा हनीले टेबुलमा उभिएर एउटा गीत गाएकीका थिए, जसमा सोनाक्षी र जहीर नाचिरहेका थिए ।

यसबाहेक सोनाक्षीको अर्को भिडियो भाइरल भएको छ जसमा उनी भावुक देखिएकी छिन् । यस भिडियोमा जहीरको विशेष साथी जन्नत वासीले सोनाक्षीलाई स्वागत गर्दै फूलको माला लगाइदिन्छन् । यसपछि जहीर र सोनाक्षीलाई अँगालो हाल्दा सोनाक्षी भावुक भइन् । यस क्रममा सेनाक्षीको आँखामा आँसु थियो जसलाई उनले पुछिरहेकी थिइन् ।