६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए



अ+ अ-

एजेन्सी । बहुचर्चित रेणुकास्वामी हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । घटनाको अनुसन्धान गरिरहेको कर्नाटक प्रहरीले उक्त घटनाका आरोपी कन्नड फिल्म स्टार दर्शन थुगुडेपाले कथित हत्यापछि धेरैसँग सम्पर्क गरेको बताएको छ ।

यसबाहेक घटनामा संलग्न अर्का अभियुक्तले मृतकलाई विद्युतीय झट्का दिएको स्वीकार गरेका छन् । प्रहरीका अनुसार दर्शनले कानुनी कारबाहीबाट बच्न र प्रमाण नष्ट गर्न साथीसँग ४० लाख रुपैयाँ लिएका थिए ।

दर्शनले आफ्ना साथी मोहन राजबाट ४० लाख रुपैयाँ लिएको स्वीकार गरेका छन् । दर्शनको घरबाट श्रीमतीलाई दिएको ३७.४ लाख र ३ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दर्शन र अन्य तीनलाई प्रहरी हिरासतमा राख्न र उनका साथी पवित्र गौडा र बाँकी अभियुक्तलाई न्यायिक हिरासतमा राख्न माग गर्दै बिहीबार अदालतमा हाजिर गरेको थियो । यस हत्याकाण्डमा दर्शन र गौडासहित १७ जनालाई आरोपी बनाइएको छ ।

प्रहरी स्रोतका अनुसार अभिनेताका फ्यान रेणुकास्वामीले गौडालाई अश्‍लील म्यासेज पठाएका थिए जसका कारण दर्शनले आक्रोशित भएर उनको हत्या गरेको कथित छ ।

उनको शव जुन ९ मा नाली नजिक फेला परेको थियो । अभिनेता र धनराज डी, विनय वी र प्रदोष लगायत अन्य अभियुक्तहरूले अनुसन्धानमा सहयोग नगरेको र तथ्य लुकाउन खोजेको पुलिसले अदालतलाई बताएको छ ।

चारैजनालाई अदालतले थप दुई दिन प्रहरी हिरासतमा राखेको छ । अब चारै जनालाई जुन २२ सम्म प्रहरी हिरासतमा राखिने छ भने बाँकीलाई न्यायिक हिरासतमा पठाइएको छ ।

प्रहरीका अनुसार अभियुक्त प्रदोषले प्रमाण नष्ट गर्नमा मुख्य भूमिका खेलेको र अनुसन्धानमा पनि सहयोग नगरेको बताएको छ । यसबारे थप अनुसन्धान हुनेछ । यसबाहेक प्रदोषमाथि मृतकसँगै अर्का आरोपी राघवेन्द्रको फोन पनि नालीमा फालेको आरोप छ, जुन अहिलेसम्म फेला परेको छैन ।

यससँगै प्रहरीले राघवेन्द्रको घरबाट ४ लाख ४० हजार रुपैयाँ र मृतकको सुनको औंठी र चेन पनि बरामद गरेको छ । मृतककी आमाले सुनको औंठी र चेन पहिचान गरेकी छन् । प्रहरी स्रोतका अनुसार चित्रदुर्गस्थित दर्शनको फ्यान क्लबमा कार्यरत मृतक रेणुकास्वामीलाई शेडमा ल्याएर यातना दिएको आरोप लगाइएको थियो, जसका कारण उनको मृत्यु भएको थियो ।

अधिकारीका अनुसार घटनास्थलबाट लठ्ठी, काठका टुक्रा, पानीको बोतल, रगतको दाग, सीसीटीभी फुटेजसहितको डीभीआर जस्ता सामान बरामद गरिएको छ ।