२४ मंसिर २०८२, बुधबार
,
Latest
भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरण: प्राइम सहकारीका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान



अ+ अ-

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेका प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको एक अर्व ५७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको छ । तिमध्ये ९ जना पक्राउ परिसकेका छन् भने ५६ जना फरार छन् । जिल्ला सहकारी वकिलको कार्यालयले प्रतिवादीलाई ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अभियोगपत्र दायर गरेको थियो ।

अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।