२० भाद्र २०८३, शनिबार
,
Latest
प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल



file photo
अ+ अ-

काठमाडौँ । अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ ।

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिसक्नुभएको छ ।

संसद्का बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिनुभएको उहाँको सचिवालयले जनाएको छ । बुधबारको प्रतिनिधिसभको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए ।