७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह

प्रधानमन्त्रीले चालेको कदम निकै साहसिक हो : गृहमन्त्री थापा

प्रधानमन्त्रीले चालेको कदम निकै साहसिक हो : गृहमन्त्री थापा
अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताउनु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताउनुभएको हो । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद भित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद नै विघटन गर्नुपरेको बताउनुभएको हो । उहाँले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि औचित्य सकिएको बताउनुभयो । सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको पनि बताउनुभयो । संसद विघटन राजनीतिक कू लाई रोक्न र प्रतिगमनलाई सरकारले शाहसिक कदम चालेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘नेकपाको दुई तिहाईको मत छ । यो स्थिरताको संयन्त्रको रुपमा थियो । कमरेडहरुको अडान पछि अव यो संसद स्थायित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो । यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गर्नुभयो । यो ठूलो राजनीतिक कदम हो । एउटा संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम हो । राजनीतिक कु लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । यो ठूलो शासहिक कदम पनि हो । अहिले एउटा बहस छ । यो बहस अदालतमा पुगेको छ । यो कदम उठाउनु संवैधानिक थियो की असंवैधानिक थियो । यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो । यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो । त्यो प्रतिगमनलाई यसले रोक्यो । भविश्यले निश्चित रुपमा यसलाई प्रमाणित गर्ने छ । यो कदम सही थियो । हामीलाई विश्वास छ अदालतले यो कदमको पक्षमा नै आफ्नो आदेश दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

सरकारले चालेको कदम अदालगतमा प्रवेश गरिसकेकोले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने पनि गृहमन्त्री थापाले बताउनुभयो । सरकारले चालेको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले जंगली महत्वाकांक्षा पुरा गर्न र पद प्राप्तीका लागि जुनसुकै कदम चाल्न पछि नहटने दुस्साहस गर्नेहरुको कारण अहिलेको स्थितिमा आइपुग्नुपरेको बताउनुभयो । पार्टी एकता गर्नु अघि देखि नै भ्रुणहरुलाई लिएर बस्नेहरुको कारण नै फार्टी विभाजन हुन पुगेको बताउनुभयो । अवसरवादको लागि अलिकति पनि लज्जाबोध नगर्ने चरित्रको नग्न उत्कर्स पुष्पकमल दाहाल प्रचण्डमा देखिएको र कुण्ठै कुण्ठाको भारी बोकेर हलनचल भएको अवस्थामा पुग्नु भएको माधव नेपालको कारणले नै अहिलेको दुर्भाग्यको अवस्थामा आएको बताउनुभयो ।