९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

टोकियोमा यसै साता फेरी आपतकाल घोषणा गरिँदै

टोकियोमा यसै साता फेरी आपतकाल घोषणा गरिँदै
अ अ+ अ-

काठमाडौं । कोरोना नियन्त्रण भन्दा बाहिर जान थाले पछि आपतकालका लागि टोकियो महानगर सहित ३ प्रिफेक्चरले गरेको आग्रहलाई स्वीकार गर्दै यसै हप्ता बाट आपतकाल घोषणा गर्ने तयारी भैरहेको प्रधानमन्त्री सुगाले बताएका छन् । बिहान ११ बजे (स्थानिय समय) पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री योसिहिदे सुगाले टोकियो सहित चिबा, साइतामा र खानागावा प्रिफेक्चरमा आपतकाल घोषणा गर्न लागिएको जानकारी दिएका हुन् । यस अघि टोकियो गभर्नर कोइके सहित ३ प्रिफेक्चरका प्रमुखहरुले आपतकाल घोषणाका लागि सरकार समक्ष आग्रह गरेका थिए ।

आपतकालको प्रकृति कस्तो हुने भन्ने बिषयमा विज्ञहरु संग छलफल चलिरहेको प्रधानमन्त्री सुगाले बताएका छन् । 'आपतकाल यस अघिको जस्तै हुने या अलि फरक खालको अभ्यास गर्ने भन्ने बिषयमा सम्बन्धित विज्ञहरु संग छलफल भैरहको छु सुगाले भनेका छन् 'अघिल्लो पटकका अनुभवहरुलाई समेत आधार मानि आपतकाल घोषणा हुनेछ ।' आपतकाल पहिलाको भन्दा खुकुलो हुने तर भोजनालय लगाएत मानिसहरुको भिडभाड हुने ठाउमा भने कडाइ गरिने संकेत प्रधानमन्त्री सुगाले गरेका छन् । 'भोजनालय लगाएतका ठाउमा केही कडाइ गर्दा होक्काइदो लगाएतका ठाउमा राम्रो रिजल्ट आएको छु उनले भनेका छन् ' भोजनालय संचालनको समय घटाउने या केही सिमितताहरु कायम गर्ने चाहिँ अवश्य हुन्छ ।' प्रधानमन्त्री सुगाले आज बिहान मात्रै आफुले आपतकाल घोषणा गर्ने तयारि गरिरहेको बारे आफ्नो दललाई जानकारी गराएका थिए । 

यस अघि देशै भर आपतकालको घोषणा गरिएको भए पनि अहिले टोकियो महानगर सहित टोकियो संगै जोडिएका ३ प्रिफेक्चरमा मात्रै आपतकाल घोषणा गर्न थलिएको हो । हाल सम्मको तथ्यांक अनुसार टोकियोमा ६१ हजार ८४२,  खानागावा प्रिफेक्चरमा  २२ हजार १५०, साइतामा प्रिफेक्चरमा १४ हजार ७५३ र चिबा प्रिफेक्चरमा ११ हजार ४६५ जनालाई कोरोना सक्रमण पुष्ठी भएको छ भने जापान भर कोरोना सक्रमितको संख्या २ लाख ४२ हजार नाघिसकेको छ।