काठमाडौंँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोलामा रु ८०० रुपैयाँले बढेको हो । आज सुनको मुल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रु १३ सय २५ रुपैयाँ कायम गरिएको छ ।








