६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल नेपाल समूहले गुरुङ र पोखरेललाई हटायो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालको समूहले प्रदेशको इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।

सोमबार पेरिसडाडाँमा बसेको सो समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको जानकारी गराइएको छ । दुवैजना मुख्यमन्त्री प्रधानमन्त्री केपी ओली समूहका हुन् । दुई प्रदेशको इन्चार्जमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई तोकिएको पनि बताइएको छ । 

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।

उक्त समूहको स्थायी समितिको बैठक सोमबार माधव नेपालको अध्यक्षता बसेको थियो। यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ।