२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेटमा समर्पित गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । हिजो आज एउटा माहौल छाएको छ, त्यो हो क्रिकेटको । दश बर्ष पछिको यो ऐतिहासिक क्षण हाम्रो आँगनसम्म ल्याइपुर्‍याउन क्रिकेट खेलाडीहरु र खेल प्रेमीहरुको ठूलो भूमिका छ ।

फर्केर हेर्न हो भने यो संघर्ष एक दशक अघि पूर्व क्रिकेट खेलाडी पारस खड्का (हाल क्यानको सेक्रेटरी र बाग्मती प्रेदेश क्रिकेट एशोसिएसनको प्रेसिडेन्ट ) को समय संघर्ष देखिको निरन्तरता देखिन्छ ।

सन् २०१४ मा पारस खड्का र उनको टिमले टि–२० वल्र्ड कप क्रिकेट खेलेका थिए । त्यो टिमको योगदानले थपिएको ईटा आजको यो टिम क्याप्टेन रोहित पौडेल लगायत टिमले फेरि टि–२० वल्र्ड कप क्रिकेट खेल्न जुराएका छन् । यो स्थानसम्म पुराउनमा यी खेलाडीहरुको मेहेनत र आत्मविश्वासले अर्को ईटा थपिरहेका छन् ।

उनीहरुको योगदान, कर्मठ भएर लागि परेको उच्च मनोबल, समय, निरन्तरता र एउटै उद्देश्य बोकेर हिडिँरहेका खेलाडीहरु आज वल्र्ड कप अर्थात् आइसीसी टि–२० वल्र्ड कप क्रिकेटको स्थानमा पुग्न सफल भएका छन् ।

यसै योगदान र संघर्षको बाटोमा हिँडिरहेका पाइलाहरुको भावलाई बुझेर केएसले एउटा गीत रचना गरेका छन् । जसमा मदन प्रधान, मनिष सिंह महर्जन, सरला श्रेष्ठ, राधा मल्ल, नगिन तिरुवा र विशाल राईको स्वरबद्ध छ भने संगीत संयोजन सुनिल शर्मा र मनिष सिंहले गर्नुभएको छ ।

हरौं यो गीत–