काठमाडौ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताउनु भएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले भन्नुभयो सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय टिकेका छैनन । नेता रिजालले वैशाखमा निर्बाचन हुने कुनै सम्भाबना नभएका पनि बताउनु भयो ।








