९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दुई बर्ष अघि संसदीय सुनुवाइ ईजालासमा न्यायाधीश हरिकृष्ण कार्की (भिडियो सहित)

दुई बर्ष अघि संसदीय सुनुवाइ ईजालासमा न्यायाधीश हरिकृष्ण कार्की (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ  । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको बारेमा  संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रश्न उठ्यो । उनी सर्वोच्चको न्यायाधीश हुनुअघि प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएको समयमा महान्यायाधिवक्ता थिए ।  सर्वोच्चमा तिनै प्रधानमन्त्री ओलीलाई विपक्षी बनाएर हालिएको मुद्दाका लागि गठन भएको संवैधानिक इजलासमा कार्की पनि छन् । त्यसैले उनको इजलासमा बहस हुन नहुने प्रश्न कानुन व्यवसायीबाट उठेपछि कार्की आफू सो इजलासमा नबस्ने बताए । 
तर उनलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु अघिको संसदीय सुनुवाईका क्रममा पनि सांसदहरुले यो प्रश्न गरेका थिए । त्यस क्रममा उनले दिएको जवाफ यस्तो छ ः  

“म एक कानुन व्यवसायीको हैसियतमा रहेर मैले जति पनि सल्लाह दिएको छु सबैमा मैले मेरो व्यवसायलाई सम्झिएर व्यवसायिक सल्लाह दिएको छु । म महान्यायाधिवक्ताका रुपमा रहेर काम गर्दा पनि मैले आफ्नो व्यवसायिकता मर्न दिएको थिइन, छैन । मैले कानुन व्यवसायीका रुपमा रहेर नेपाल बार एसोसिएसनको अध्यक्ष हुदा या महासचिव हुँदा पनि कानुनी धर्म छोडेको छैन । मैले राष्ट्रपतिलाई होस, चाहे प्रधानमन्त्रीलाई कानुनी सल्लाह दिने काममा होस् या कुनै संघसंस्थामा कानुनी सल्लाहकार रहेर सल्लाह दिने काममा होस् म आफ्नो व्यवसायिकताबाट बिचलित भएको छैन । मेरो कानुन व्यवसायीको धर्मको मैले सदैव स्मरण गर्ने गरेको छु ।”