२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

दुबै पक्षले मलाई सोधेनन् अब सर्बोच्चको फैसला कुरौ – बामदेब गौतम (भिडियो सहित)

दुबै पक्षले मलाई सोधेनन् अब सर्बोच्चको फैसला कुरौ – बामदेब गौतम  (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन राजीनामा दिएको भए राम्रो हुने बताउनु भएको छ । 

राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लग्दैछन भन्ने थाहापाएपछि संसद विघटन गर्नु भन्दा प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए राम्रो हुने बताउनुभयो । मेहनेत गरेर निर्माण गरेर बनाएको पार्टी जोगाउनका लागि अविश्वासको प्रस्ताव आएको थाहा पाउने वित्तीकै प्रस्ताव दर्ता हुनु भन्दा पहिला नै राजीनामा दिएको भए पार्टी पनि जोगिने र इतिहासमा उदाहरण समेत प्रस्तुत हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘अत्यन्त कठिन परिस्थितिमा हामी एकठाउँमा छौं । तर उहाँले सोध्नुभएन । मलाई थाहा थिएन । उहाँले पटकपटक भन्ने गर्नुभएको थियो । मलाई अविश्वासद्धारा प्रधानमन्त्रीबाट बरखास्त गर्ने काम गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । मैले उहाँलाई सल्लाह दिएको थिए । पार्टीमा जव अल्पमतमा पर्छन नेताहरु प्रधनमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ । पार्टी जोगाउनको निम्ति अन्तिमपटक पनि उहाँको निम्ति त्यो अवसर थियो । अविश्वासको प्रस्ताव लगिराखको छन भन्ने थाहापाएपछि मैले सोचे म त्यो ठाउँमा भएको भए के गर्थेहोला भनेर सोचे । म भएको भए त्यो अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिले नै राजीनामा दिन्थे । त्यसले मैले मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो र एउटा उदाहरण प्रस्तुत हुन्थ्यो नेपालको इतिहासमा ।’

नेता गौतमले आफूले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजान लागेको सम्बन्धमा थाहा नपाएको गुनासो समेत व्यक्त गर्नुभयो । उहाँले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘विभिन्न आरोपप्रत्यारोप सहितका पत्रहरु राख्दाखेरीपनि मैले सुधारको निम्ति सम्भव उपाय हुनसक्छ भनेर मैले राखेको थिए । तर अविश्वासको प्रस्ताव लैजादाखेरी मलाई सोधिएन । यसपटक मलाई थाहा थिएन की ५ गते अविश्वासको प्रस्ताव जान्छ भनेर ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफूले असंवैधानिक कदम भनेको पनि बताउनुभयो । तर अहिले सार्वोच्च अदालतमा परेका रिटहरु संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । यो बिषयमा बोल्न पाउने मौलिक अधिकार भएपनि अदालतामा विचाराधिन विषयमा असंवैधानिक भन्यो भने अदालतको राजनीतिक रुपमा अपमान हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले यो असंवैधानिक कदम हो भनेर भने । तर सर्वोच्च अदालतमा परेका जतिपनि रिटहरु छन ती रिटहरु संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक हुन भन्न मिल्दैन । त्यसैले म चुप लागेको छु । की यो विषय संवैधानिक विषय हो । सर्वोच्च अदालतले त्यो भनिसकेपछि पनि निर्णय गर्दाखेरी यदि पुनरस्थापना नै गरेछ भनेपनि यो असंवैधानिक हो त्यसो भएर पुनरस्थापना गरियो भनेर भन्ने छैन । 

निर्वाचनलाई जारी गरेछ भने त्यो संवैधानिक नै हो भन्ने होला । तरपनि यो विषय संवैधानिक इजलासको विषय हुनाले साधारण इजलासबाट यसको टुंगो गर्न मिल्दैन भनेर लगिसकेपछि हामीलाई भन्न त स्वतन्त्रता छ, यहाँबाट बोल्न पनि स्वतन्त्रता छ । बहिर बोल्न पनि स्वतन्त्रता छ । जहाँ बोलेपनि हाम्रो मौलिक अधिकार कसैले हनन गर्न सक्दैन । तर त्यसो भएपनि हामीले विचार गर्नपर्छ । अव संविधान विरुद्धमा छ असंवैधानिक छ भन्यो भने सर्वोच्च अदालतको राजनीतिक रुपमा अपमान हुन्छ ।’

आफूले राजनीतिक रुपमा एकता भंग भइसकेको पार्टीलाई फेरीपनि एकता गराउन सकिन्छ की भन्ने तर्फ लागिरहेको पनि बताउनुभयो । तर दुई समूहका मूख्य नेताहरु नै आरोप प्रत्यारोप तर्फ लागेकोले समस्या झनै बढेको बताउनुभयो ।