५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

१० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन

१० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन
अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरुलाई १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । संस्थागन विद्यालयका कक्षा १० सम्मका १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ ।

महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै संस्थागत विद्यालय (निजी स्कुल)ले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रितपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।

यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएको महानगरपालिकाले जनाएको छ । त्यसरी विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।

‘छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरुले काठमाडौँ महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलव्ध गराउनु पर्नेछ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा त्यस्ता विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी त्यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने छ ।’

महानगरले रितपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।