९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘मृत्युको अघिल्तिर’ मा जीवनको उज्यालो

‘मृत्युको अघिल्तिर’ मा जीवनको उज्यालो
अ अ+ अ-

जीवन त सबैले बाँचेका हुन्छन् । तर जिउन सबैले जानेका हुदैनन् । चुपचाप पनि बिति जान्छ समय र उमेर । जीवनलाई उर्जावान, सृजनशील र आनन्ददायक बनाउन सक्नु नै साँचोमा जिउनु हो । त्यसका लागि तपाईले सर्वाङग आफुलाई बुझ्नु पर्छ । आफुलाई बुझ्न तपाईले जीवनसंगै जोडिएर आएको मृत्युको सत्यलाई आत्मसात गर्नै पर्छ । मृत्युसंग भयभित होइन, यसको सत्यसंग एकाकार हुन सकियो भने जीवन पुरै उज्यालोमा बित्नेछ । जीवनको शाश्वत शौन्दर्य मृत्युको स्वीकारोक्तिमा छ । मृत्युलाई स्वीकार गर्नु भनेको मर्नु होइन – ‘एक दिन अवश्य मरिन्छ ।’ भनेर बुझ्नु हो । र यही बुझाइले तपाई हाम्रो सिङगो जीवन सहज बनाइ दिन्छ ।

कवि मणि लोहनीको नविनतम् कविताकृति ‘मृत्युको अघिल्तिर’ पढेपछि मैले बुझेको यत्ति हो । अझ यसो भनौं ‘मृत्युको अघिल्तिर’ मा जीवनको उज्यालोमा आलोकित कविताहरु छन् । 
मणिका कविताहरु पढिरहँदा मृत्युको भयजस्तो भनौ की शाश्वत मृत्युको आहतजस्तो कता कता महशुश हुन्छ । तर तपाई रत्तिभर डराउनु हुदैन । उनका शब्दहरुले जीवनको सामथ्र्यलाई फराकिलो मात्र बनाउँदैन, यसको आनन्दलाई अनुभूत पनि गराउछ । 
लाग्छ कविता लेखेकै कारण मारिनेछु म 
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल 
सोच्नु काफी छ, 
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरु । 
 ‘मृत्युको अघिल्तिर’ पेज नं. ७६
कविताको यो किताव मेरो हातमा पर्दा मलाई भिन्न अनुभूति भयो । जीवनलाई सजिलोसंग स्वीकार्न सकियो भने मृत्युको डर कम हुने रहेछ भन्ने लाग्यो । मृत्युको सत्यलाई नभुल्ने हो भने जीवन यति प्रताडित हुदैन जति आजकालका अधिकांश मानिसलाई हुने गरेको छ । ‘मृत्युको अघिल्तिर’ मा रहेका मसिना र छोटा कविताहरुमा मृत्युको डरभन्दा बढि जीवनको उज्यालो भेटिन्छ । जीवन जिउने क्रममा मानिसले भुलिरहेका कयौं सत्यहरुसंग आत्मसात गरिन्छ । कविताका माध्यमबाट जीवन जीउने कलासंग साक्षात्कार भइन्छ । मृत्युका कुरा गरेर कवि मणि लोहनीले जीवनका गीत गाएका छन् । 
जीवनमा निश्चित भनेकै जन्म र मृत्यु हो । अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि सकिदैन । तर मृत्युको भयबाट ग्रसित भएर होइन मृत्युको सत्यसंग आत्मसाथ गरेर जिउन कवि मणि लोहनीले सुझाएका छन् आफ्नो पछिल्लो कविता कृति – ‘मृत्युको अघिल्तिर’मा । 
नेपाली कविताका लागि मणि लोहनी नयाँ नाम होइन । तीन वटा कविता संग्रहले उनलाई नेपाली कवितामा स्थापित गरिसकेको छ । छोटा र गंभीर कविताका लागि उनी परिचित छन् । उनका कविताहरु सरल र मनलाई झंकार दिने खालका छन् । नयाँ कवितासंग्रह ‘मृत्युको अघिल्तिर’ उनले आफ्ना पुराना परिचय र विशेषतालाई कायमै राख्दै मृत्युमाथिको चिन्तनलाई विशेष जोड दिएको देखिन्छ । आफ्ना कविताका माध्यमबाट उनले जीवनका सत्यहरुलाई उजागर गरेका छन् । उनी कवितामार्फत पाठकको मन र मष्तिष्कमा प्रवेश गर्छन् र सजिलोसंग जीवन जगतका सांसारिकताबाट पाठकलाई आध्यात्मको गहिराईमा डुवाउँछन् । उनी कुनै अमुक जात वा धर्मको पक्षमा छैनन् । समग्र चराचर जगतको हितमा रहेर उनको सृजनशीलता अघि बढेको छ । 
नभएको भए मानिस 
कहाँ हुन्थे होलान् ईश्वरहरु !
म सोचिरहेछु, 
मानिस आफु चोइटिएर जोगाइरहेछ इश्वर 
नभएको भए मानिस 
के संभव छ ईश्वरको अस्थित्व ? 
    ‘धर्मध्वनी’ पेज नं. ८७ 
देशका नाममा, प्रेमको लय र जीवनको उज्यालो गरेर तीन खण्डमा विभाजन गरिएका ३२ वटै कविता समग्र जीवनको चिन्तन र जीवनको श्वाशत आवाजमा केन्द्रीत छन् । मानिस मानिसका सम्वन्ध, उनीहरुले देख्ने सपना र त्यसको प्राप्तिका लागि राज्यले गरेको असयोगप्रति कवि आक्रामक छन् । उनी कवितामा राज्यसंग अधिकारका लागि विद्रोह गर्छन् । समग्र देशको नेतृत्व गर्नेले आम मानिसका पक्षमा बोल्नुपर्ने र उनीहरुका खुशी र सपनाका लागि प्रतिवद्ध रहनु पर्ने जिकिर गर्छन् । 
‘अँध्यारोका विरुद्धमा’, ‘सम्वन्धको पाठशाला’, ‘जीवनको रित’, ‘दर्शन ढुंगा’, ‘मृत्युको अघिल्तिर’, ‘प्रेमशास्त्र’, ‘धर्मध्वनि’, ‘इच्छामृत्यु’ यी संग्रहका सर्वोत्कृष्ट कविताहरु हुन् । त्यसो त हरेक कविता मनमस्तिष्कमा झंकार दिने खालका छन् । केही कविताले राजनीतिक विसंगतिमाथि प्रहार गरेका छन् भने केहीले प्रेम र जीवनको उज्यालोलाई मुखरित गरेका छन् । तर यहाँनेर भन्नै पर्छ, जीवनको गहिराई र आध्यात्मका कुरा गर्न रुचाउने कविले केही कवितामा राजनीतिको लेप लगाएर समाजिक विसंगतिमाथि प्रहार गर्न खोजेका छन् । ती कविताहरुले उनका अन्य कविताहरु जस्तो शक्तिशाली भने बन्न सकेको छैन ।

तत्कालका प्रतिक्रियता जस्ता ती केही थान कविताले कहिकतै पाठकलाई किरकिरा गराउन नसक्ला भन्न सकिदैन । संग्रहमा रहेका प्रेमको लय र जीवनको उज्यालो दुई खण्डभित्र रहेका सबै कविता अब्बल छन् भने देशको नाममाभित्र रहेका कविताले नेपालको पछिल्लो राजनीतिक चित्र त देखाउँछ तर कविताको आनन्द अघिका दुई खण्डले जस्तो दिदैन । 
जीवनजगत, प्रेम र आध्यात्मका कुरामा नै मणि प्रख्खर देखिएका छन् । त्यसमा उनी शान्त र सरल भावले बगेका छन् र जीवनको गहिराईलाई उजागर गरेका छन् । त्यसो त संग्रहका अघिकांश कविताले जीवनको शक्ति र शौन्दर्य देखाउन मृत्युको चिन्तन गरेका छन् । अवश्यभांवी मृत्युलाई नदेखेझै गरेर होइन, यसको सत्यलाई स्वीकारे अघि बढ्न यस संग्रहभित्रका कविताहरुले प्रेरित गर्छन् ।
कविताले मानिसका सपनाहरुको मात्र होइन सिंगो जीवनको सम्मान गर्नुपर्छ भन्ने ठम्याईका साथ मणि कविता लेखिरहेका छन् । उनी जीवनलाई प्रेम गर्छन् । जीवन जिउने क्रममा मानिसले गर्ने संघर्षलाई प्रेम गर्छन् । मृत्यु अनिवार्य सत्य हो भन्ने मानिसहरुले भुलिरहेकोमा उनी चिन्तित छन् । मृत्युको सम्मुख रहेर पनि मानिस किन यति धेरै लोभिपापी छ भनेर उनी हैरान छन् । मृत्युको अघिल्तिर उभिएर मानिस किन अरुमाथि अन्याय गर्न उद्धत छ ? हरकोही आफ्नो दुनो सोझ्याउन व्यस्त छन् – भनेर उनी हैरान छन् । 
हैरान र भयभीत छन् मानिसहरु 
सम्वन्धको गहिरो घाउ छ सबैसंग
नयाँनयाँ आविस्कारसंगै बढ्दै गएको दुःखको आकार 
  ‘डिलिट दुःख’ पेज नं. ९१
यस कवितासंग्रहमार्फत मणिले आफ्नो समयको आवाजलाई मुखरित गरेका छन् । कविता पढ्न रुचाउने पाठकहरुलाई यस कृतिले कविताको आनन्दमात्र दिदैन कविताले झंकृत भएको मन र मष्तिष्कले समग्र जीवनको उज्यालोलाई महशुश गर्न वाध्य पनि पार्छ ।