२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ: सांसद गौतम



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको बताउनु भयो । उहाँले यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन । हामी अनावश्यक समय खेर फाल्दैछौँ । देश बर्बाद पार्दैछौँ । जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन् । जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन् । जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन । त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ? त्यो देशको न्यायपालिका कस्तो हुन्छ ? के आशा गर्ने ? के भरोसा गर्ने ? म निराश भएको छु । अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ । बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ । र यो संविधानलाई संशोधन गरौँ । यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ । जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ । अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ ।’

उहाँले तराईमा गर्मी बढीरहेको र जनजीवन प्रभावित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारलाई आग्रह गर्नुभयो ।