२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ: सांसद गौतम



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको बताउनु भयो । उहाँले यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन । हामी अनावश्यक समय खेर फाल्दैछौँ । देश बर्बाद पार्दैछौँ । जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन् । जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन् । जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन । त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ? त्यो देशको न्यायपालिका कस्तो हुन्छ ? के आशा गर्ने ? के भरोसा गर्ने ? म निराश भएको छु । अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ । बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ । र यो संविधानलाई संशोधन गरौँ । यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ । जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ । अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ ।’

उहाँले तराईमा गर्मी बढीरहेको र जनजीवन प्रभावित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारलाई आग्रह गर्नुभयो ।