६ असार २०८३, शनिबार
,
Latest
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा होः उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको हो ।

उहाँले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गर्नुभयो । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताउनुभयो । यदी कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताउनुभयो । 

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गर्नुभयो । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताउनुभयो ।