झापा । हिमानी ट्रष्टले झापाको भद्रपुर पृथ्वीनगरस्थित गरीब तथा बिपन्न परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको छ । कोषका संयोजक एबं पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको टोलीले शनिबार झापाको भद्रपुर पृथ्वीनगरस्थित गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको छ ।
राहत बितरण कार्यक्रममा केही समयदेखि झापा दमकस्थित निवासमा बस्दै आउनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह, हृदयेन्द्र शाहको पनि उपस्थिती रहेको थियो । कोषले पैसठ्ठी परिवारका बालबालिकालाई न्यानो कपडा तथा बृद्धबृद्धालाई स्लिपिङ ब्याग बितरण गरेको छ ।
यो क्षेत्र पञ्चायतकालमा राजा महेन्द्रले बीसत् बसाएको ठाउ हो । जोडाको समयमा न्यायो राहत पाएपछि स्थानीय खुसी भएका थिए भने पूर्ब राजालाई सामुन्नेमा देखेपछि राजसंस्थाको पक्षमा नाराबाजी समेत गरेका थिए । केही बर्ष यता हिमानी कोषले सामाजिक क्षेत्रमा सक्रिय सहभागिता जनाउदै आएको छ ।











