५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी



अ+ अ-

काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।

रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) तत्कालीन समयमा दरबारको नजिक मानिएका डा. सुन्दरमणि दीक्षितसहितको उपस्थितिमा अन्तरक्रिया गरेको छ ।

प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशंका गरेपनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।

सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरुले उक्त घटना युवराज दिपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । उनले विरेन्द्रलाई हान्नेसम्म चाहीँ दिपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे ।

दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरु दिएको केसीले स्मरण गराए । दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको उनको अनुमान छ ।

संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पालेहुर्काएकाहरुबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए ।

अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे ।