काठमाडौंः सरकारले आफ्नो आलोचना बढी हुन थालेको देखेसँगै राष्ट्रिय सभाको अधिवेशन अन्त्यको तयारी गरेको छ ।
सरकारका तर्फबाट कुनै “बिजनेस” नपाएको राष्ट्रिय सभाको काम कारबाही सरकारको आलोचना र प्रतिरक्षामा बढी केन्द्रित हुँदै आएको थियो ।
हिउँदे अधिवेशन शुरु भएयता पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा आज सम्बोधन गर्ने तयारी गर्नु भएको छ । प्रधानमन्त्रीको सम्बोधन पछि अधिवेशन आजै अन्त्य हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गरेको बताइएको छ ।
राष्ट्रिय सभाको अधिवेशन गत पुस १७ गते शुरु भएको थियो ।











