३० जेष्ठ २०८३, शनिबार
,
Latest
माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो भारतको सबैभन्दा महँगो टिभी शो, एक एपिसोडकै खर्च करोडौं



अ+ अ-

एजेन्सी । धेरै टिभी शोहरू टीआरपी चार्टमा शीर्ष पाँचमा छन् । दर्शकले आफ्नो मनपर्ने सिरियल हेर्न कहिल्यै छुटाउँदैनन् । तर के तपाईलाई थाहा छ भारतमा टिभी निकै सानो स्तरमा सुरु भएको थियो ।

रामायण र महाभारत कम बजेटमा बनेका थिए । तर बिस्तारै टिभी कार्यक्रमको बजेट बढ्दै गयो । आजको सबैभन्दा ठूलो र महँगो भारतीय शोको बजेट अहिलेसम्म बनेको कुनै पनि फिल्मभन्दा बढी छ ।

सन् २०१९ मा सिद्धार्थ कुमार तिवारी रामायणमा आधारित पौराणिक कार्यक्रम ‘राम सिया के लव कुश’ लिएर आएका थिए । यो कार्यक्रम त्यतिबेलाको टिभीमा सबैभन्दा ठूलो शो थियो ।

रिपोर्टका अनुसार शोको प्रत्येक एपिसोड बनाउन ४ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । मिड–डेका अनुसार यो शोको कुल लागत ६५० करोड रुपैयाँ थियो, जुन पहिले वा हलासम्मको कुनै पनि टिभी शो वा फिल्मभन्दा बढी थियो ।

अगस्ट २०१९ मा शो रिलिज हुँदा, सबैभन्दा महँगो फिल्म साहो थियो, जसको बजेट ३५० करोड थियो । राम सियाको लवकुश झण्डै दोब्बर बजेटमा निर्माण भएको थियो । आरआरआर (५०० करोड) र ब्रह्मास्त्र (४०० करोड) पनि यसको नजिक आउन सकेनन् ।

रोचक कुरा के छ भने २०२३ मा रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ भारतको सबैभन्दा महँगो फिल्म बनेको थियो । यसको बजेट ५५० करोड रुपैयाँ भए पनि ‘राम सिया के लव कुश’ भन्दा कम छ ।

‘राम सिया के लव कुश’को कुरा गर्दा यो शो उत्तर रामायणमा आधारित थियो । भगवान लव र कुश राम–सीताका छोरा थिए । शोमा हिमांशु सोनीले भगवान रामको भूमिका निभाएका थिए भने शिवा पठानियाले सीताको भूमिका निभाएकी थिइन् भने कृष चौहान र हर्षित काबराले लव र कुशको भूमिका निभाएका थिए । यो शो अगस्ट २०१९ देखि फेब्रुअरी २०२० मा अन्त्यसम्म १४१ एपिसोडका लागि प्रसारित भयो ।