२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२६ दिन बेपत्ता भएपछि घर फर्किए ‘तारक मेहताका उल्टा चश्मा’ फेम अभिनेता गुरुचरण सिंह



अ+ अ-

एजेन्सी । ‘तारक मेहता का उल्टा चश्मा’ फेम अभिनेता गुरुचरण सिंह करिब २६ दिन बेपत्ता भएपछि हालै घर फर्किएका छन् ।

यसपछि उनको स्वास्थ्य बिग्रियो । घर फर्किएपछि गुरुचरणले आफ्नो स्वास्थ्य अवस्थाबारे कुरा गरेका छन् ।

टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा गुरुचरणले भने, ‘मेरो स्वास्थ्य अहिले ठीक छ । केही दिन पहिले टाउको दुखेको थियो तर अहिले अवस्था राम्रो छ । बिस्तारै कुरा राम्रो हुँदै जान्छ ।’

घरबाट बेपत्ता भएको विषयमा गुरुचरणले धेरै बोल्न अस्वीकार गर्दै यति मात्र भने, ‘केही कानुनी औपचारिकता पूरा गर्न बाँकी छ, बन्द भएपछि मात्रै केही भन्न सक्नेछु । मेरो तर्फबाट प्रहरीमा विचाराधीन रहेका सबै कुरा पूरा गरिसकेको छु, तर बुवाको तर्फबाट केही कुरा बाँकी छन् । चुनाव चलिरहेको थियो त्यसैले प्रक्रिया रोकियो र सबै कुरा ठीक भएपछि म मेरो कुरा राख्छु ।’

उनी अप्रिल २२ मा दिल्लीस्थित आफ्नो घरबाट मुम्बई गएका थिए, तर न एयरपोर्ट पुगे न घर फर्किए । यसपछि उनका बुबा हरगीत सिंहले उनको हराएको रिपोर्ट दर्ता गराएपछि दिल्ली प्रहरीले अपहरणको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।

गुरुचरण सिंह ‘तारक मेहता का उल्टा चश्मा’को स्थापनादेखि २०१३ सम्मको एक हिस्सा रहे । पछि निर्माता असित मोदीसँगको केही विवादका कारण उनले शो छाडेका थिए ।