१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु



अ+ अ-

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । पानीको छालले समुद्रमा पुर्‍याएपछि उनीहरुको मृत्यु भएको हो ।

गोरखा र र दोलखा घर भएका २२ र २५ वर्षका युवाको मृत्यु भएको हो । उनीहरुको शव फेला परेको छ ।

सोमबार साँझ यी विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए । तर लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

विद्यार्थीलाई समुद्राको छालले तानेर लगेपछि हेलिकोप्टर र स्थानीय मरिन र पारमेडिक्सको टोली उद्धारका लागि खटिएको थियो । तर जिवितै उद्धार गर्न नसकिएको हो ।

अस्ट्रेलियामा यस वर्ष मात्र समुद्रमा डुबेर वा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् ।