२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी



अ+ अ-

काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिपछि थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

जनकपुरको एक अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको हो ।

जिल्ला अदालतले उनलाई सोमबार थप तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो ।

उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो । सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या रहेको उनको परिवारले जनाएका छन् ।

सिरोहियालाई काठमाडौँ ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने बताइएको छ ।