९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सडक आन्दोलन गर्नेहरुले निर्बाचनको तयारी गरिरहेका छन्–सञ्चार मन्त्री पार्वत गुरुङ

सडक आन्दोलन गर्नेहरुले निर्बाचनको तयारी गरिरहेका छन्–सञ्चार मन्त्री पार्वत गुरुङ
अ अ+ अ-

काठमाडौ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताउनु भएको छ । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नु भयो ।

मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पार्नु भयो । “ताजा जनादेशमा जाने कुरा प्रतिगामी हुुन सक्दैन, असंवैधानिक हुन सक्दैन,” उहाँले भन्नुभयो, “मलाई के लाग्छ भने आज सडक आन्दोलन गर्नेहरुले पनि चुनावकै तयारी गरिरहेको हो भन्ने स्पष्ट भईसकेको छ ।” 
मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावका जाने बेला कहाँ संसद  पुनर्स्थापना  हुन्छ ?’ भनेर भन्नु भएको प्रसंग समेत उल्लेख गर्नु भयो । मुलुक अनिर्णयको बन्दी बन्नु प¥यो, यस्तो अवस्थामा जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

मन्त्री गुरुङले आज प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी ओलीको टाउँको हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै टाउँकोमा हान्ने, संविधानकै टाउँकोमा हान्ने, राष्ट्रियता र शासन प्रणालीमाथि नै हान्ने असफल प्रयास गरेको आरोप पनि लगाउनुभयो ।

जनयुद्ध कालमै असफल भईसकेको त्यो रणनीति आज पनि सफल नहुने चर्चा गर्दै मन्त्री गुरुङले त्यो असफल यात्रामा लागेर कोही कसैले राजनीतिक बाटो लिन नपर्ने बताउनुभयो । उहाँले जनता निर्वाचनको पक्षमा उभिएको, राजनीतिक दलहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वान गर्नु भयो । 

मन्त्री गुरुङले पत्रकारहरुले पनि मुलुकमा अस्थिरता ल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि गर्न नमिल्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई मर्यादित, सम्मानित र जिम्मेवार बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।