१ असार २०८३, सोमबार
,
Latest
स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ स्थगित



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलास स्थगित गरिएको छ । बुधवार तेस्रो दिनको शुरू भएको संवैधानिक इजलास ३ बजेसम्मका लागि स्थगित गरिएको हो । 

बहस गरेका निवेदकतर्फका कानुन व्यवसायीले संवैधानिक इजलासको क्षेत्राधिकारमा प्रश्न उठाउँदै मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने तर्क गरे । तर, सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेलले बृहत पूर्ण इजलासमा लैजाने कुरा मान्य नहुने बताए ।

अहिले निवेदकतर्फका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कतिपय प्रश्नको जवाफ संवैधानिक इजलाससँग नरहेको बताउँदै बृहत् इजलासमा सुनुवाइ गर्नुपर्ने माग दोहोर्याए । त्रिपाठीले संवैधानिक इजलासको क्षेत्राधिकार संविधानको धारा १ सय ३७ ले तोकेको र सोअनुसार रिट निवेदन नरहेकाले बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए ।    

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले चाहिँ निवेदनमा गम्भीर संवैधानिक व्याख्याको माग गरिएकाले संवैधानिक इजलासमा पठाएको तर्क गर्दै निवेदन र बहसका माग नमिलेको बताए ।




भर्खरै