९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालमा कोरोना महामारीको एक वर्ष, यस्तो छ सरुवा रोग विशेषज्ञ डा.बाँस्तोलाको अनुभव

नेपालमा कोरोना महामारीको एक वर्ष, यस्तो छ सरुवा रोग विशेषज्ञ डा.बाँस्तोलाको अनुभव
अ अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाको भाइरस प्रवेश गरेको एक वर्ष पूरा भएको छ । यो जानकारी सरुवा रोग अस्पताल टेकूका विशेषज्ञ डा.अनुप बाँस्तोलाले बताएका छन् । आज आफ्नो फेसबुक स्टाटसमार्फत डा.बाँस्तोलाले यो बीचमा सो अस्पतालका र देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरुप्रति उनले स्मरण गरेका छन् ।  

बाँकी डा.बाँस्तोलाको फेसबुक वालबाट साभार –
'टेकु अस्पतालमा अझ भनौं नेपालमै कोरोना भाइरस संक्रमित पहिलो बिरामी भर्ना भएको आज एक वर्ष पुग्यो । कोभिड- १९ महामारीमा यो एक वर्ष थकान, तनाव, डर नभनी खट्ने मेरा सबै सहकर्मी, स्वास्थ्यकर्मी एवं सहयोगीलाई नमन गर्न चाहन्छु । 

कोभिडबाट जीवन गुमाउनु भएका आमाबुबा, दिदीबहिनी, दाजुभाइमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु । हरसम्भव कोसिस गर्दा पनि बचाउन नसकेका बिरामीका आफन्तको वियोग र निको भएर घर फर्किनेहरुको मुस्कानको बीचमै यो एक साल बित्यो । 

सुरुवाती दिनहरुमा नेपालमा कोभिड भित्रिँदै गर्दा स्वास्थकर्मीमा त्रास र अस्पतालहरुमा भ्रम थियो कि संक्रमितहरु टेकुमा मात्र जान्छन् । फलस्वरुप कोबिड महामारी आउनुपूर्व नै अन्य बिरामीका लागि अस्पतालका ढोकाहरु बन्द भए । कसैलाई कोरोना पोजेटिभ देखिए अस्पताल नै सिल हुन्थे । त्यस्तो  अवस्थामा पनि कुनै दिन थकान नभनी बिरामीको सेवामा जुटिरहने टिमको ऊर्जा आजसम्म घटेको छैन। 

पछिल्ला दिन संक्रमण दर उच्च भएको बेला अस्पतालहरुले कोभिडका बिरामीलाई भकुण्डोजस्तो खेलाएको पनि देखियो, दुहुना गाईझैं दोएको पनि देखियो । सँगसँगै नेपालको समग्र स्वास्थ्य प्रणालीको यथार्थ चित्र पनि छर्लङ्ग भयो । खासमा हाम्रो हैसियत उजागर भयो भनौं ।

सरकारी अस्पतालले जागिर मात्र सोच्ने, जिम्मेवारी बिर्सिने अनि साधन स्रोत भएता पनि त्यसअनुसार बिरामीले सेवा नपाउने । त्यस्तै, निजी अस्पतालले नाफा मात्रै सोच्ने, जिम्मेवारी बिर्सिने, राज्य बाट छुट लिने अनि राज्यले तोकेअनुसार सेवा नदिने। यो यथार्थ देखियो, यसमा को बढी र को कम भन्ने मात्रै हो ।

हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं । आफू बचौं अरुलाई पनि जोगाऊँ । अझै पनि हामी महामारीको भुँवरीमै छौं । सबैतिर खुला छ । हामीले महामारीमा अपनाउनुपर्ने सबै मापदण्ड मिचिसक्यौं । अस्पतालमा बिरामीको चाप घटे पनि सिकिस्त बिरामी आउने क्रम जारी नै छ ।'